बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यले आज फेरि बनायो नयाँ रेकर्ड

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । विगत तीन दिनदेखि सुनको मूल्यले लगातार उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ ।

आज प्रतितोला ११ सय रुपैयाँ बढेर सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च रहेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख ७६ हजार आठसय रुपैयाँ कायम भएको थियो । गएको शुक्रबार पनि सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर एक लाख ७६ हजार दुईसय रुपैयाँ पुगेको थियो ।  

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार