आइतवार, कार्तिक ९ गते २०८३

लुम्विनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुधवार , श्रावण २७, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् । 

प्रदेश प्रमुख शेरचनले उनको राजीनामा स्वीकृत गर्दै अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै कार्यभार बहन गर्ने गरी तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

आफूविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशनको बैठक शुरु हुनु अगावै पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए । 

pradesh_pramukh.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार