बिहिवार, आश्विन १५ गते २०८३

कोटेश्वरस्थित भाटभटेनी तोडाफोडमा ८० लाख बढीको क्षति, करिब ६५ लाखको सामग्री लुटपाट

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति भएको छ । 

शुक्रबार राजावादीहरूको प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट समेत गरेका थिए ।

त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । फ्रिज र शोकेस २ लाख ६५ हजार क्षति भएकोमा ९४ हजार नगदसमेत लुटिएको भाटभाटेनीले जानकारी दिएको छ । 

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शोकेश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना आजै पक्राउ परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार