‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखाएको हो। इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २५० छ। प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा छ। दिल्लीको एक्यूआई आज १७८ छ।
त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। त्यहाँको वायुको एक्यूआई १६९ छ।