आइतवार, श्रावण २४ गते २०८३

नेपाली सेनाको टोली म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । म्यानमारका भूकम्पपीडितलाई राहत लिएर नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको छ । हालै गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि सरकारको निर्णयबमोजिम सेनाको टोली मेडिकल राहतसहित आज म्यानमार प्रस्थान गरेको छ ।

army_6bQAO9dxYZ.jpg

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन-२३५ सीएएसए विमानमार्फत म्यानमार गएको नेपाली सेनाले जनकारी दिएको छ ।

army11_3_YPcJkoiww0.jpg

विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्नेछ । 

army11_2_mN6PLsXWi0.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार