काठमाडौं । आज सेयर बजार २३.८६ अंकले बढेको छ । अघिल्लो दिन १६ अंक घटेको बजार आज भने २३.८६ अंकले बढेको हो ।
सो वृद्धिपछि नेप्से परिसूचक २७००.०४ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको कारोबार भएको छ । कुल १६६ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ । अधिकांश सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ९.४४ प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको मूल्य करिब १० प्रतिशत बढ्दा यो सेक्टरमा उच्च वृद्धि देखिएको छ ।
बैंकिङ ०.५१, विकास बैंक ०.३०, फाइनान्स ३.१२, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर ०.४२, लगानी १.३७, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१७, अन्य ०.३५ प्रतिशतले बढेको छ । उत्पादन १.४७ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले घटेका छन् । सेन्ट्रल फाइनान्स र विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । उपकार लघुवित्तको ९.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ६.७९, न्यादी हाइड्रोपावरको मूल्य ६.४२ प्रतिशतले बढेको छ ।
बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै बलेफी हाइड्रोपावरको ४.८ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन पावर पार्टनर लगातार अगाडि रहेका छन् ।