बिहिवार, आश्विन १५ गते २०८३

राजावादीको प्रदर्शनमा मारिएका परिवारलाई १० लाख दिने सरकारको प्रस्ताव

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । गृह मन्त्रालयले तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा ज्यान गुमाएका हरुको परिवारलाई १०-१० लाख दिने प्रस्ताव अघि बढाएको छ । उक्त घटनामा पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनले ज्यान गुमाएका थिए ।

रजक र महर्जनको परिवारलाई क्षतिपूर्तिवापत १०-१० लाख उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पठाउने निर्णय गरिएको हो । उनका अनुसार अर्थ मन्त्रालयबाट सहमति आइसकेपछि गृहले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाउनेछ र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार