सोमवार, आश्विन २६ गते २०८३

काठमाडौँको वायु प्रदूषण हट्न अझै केही दिन लाग्ने

बिहिवार , चैत्र २०, २०८१

काठमाडौँ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको धुवाँ र धुलोसहितको तुवाँलो फाट्न अझ केही दिन लाग्ने मौसमविद्ले बताएका छन्। 

शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले बताइन्। 

हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनको भनाई छ। बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार