आइतवार, श्रावण २४ गते २०८३

कश्यप एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुदै

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । मैत्रीनगर, कीर्तिपुरमा रहेको  कश्यप एकेडेमी, लायन्स र लियो क्लब अफ काठमाडौँ अग्रणी एवं लायन्स क्लब अफ काठमाडौँ कीर्तिपुरको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

शनिबार बिहान १० बजे कलंकी, मैत्रीनगरमा रहेको कश्यप एकेडेमीमा फ्रन्टलाइन अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको हो ।

निःशुक स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य जाँच, मधुमेह जाँच, आँखा शिविर, दन्त शिविर र रक्तदान लगायतका सेवा प्रदान गरिने छ ।

मैत्रीनगर-२ कीर्तिपुरमा रहेको कश्यप एकेडेमीले सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय  शिक्षा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार