काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । हिजोको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) छापावाल सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको थियो । आज घटेर छापावाल सुन तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा प्रतितोला एक हजार नौसय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार आठसय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।