आइतवार, श्रावण २४ गते २०८३

नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने : स्वास्थ्यमन्त्री पौडेल

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् ।

आज राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताएका छन् ।

मन्त्री पौडेलले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोशिसमा सरकार रहेको बताएका छन् । उनले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गरेका छन् ।

उनले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने जिकिर गरेका छन् । मन्त्री पौडेलले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्नेकुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार