बिहिवार, आश्विन १५ गते २०८३

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक, कर्मचारीले सोमबार तलब पाउने

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् । आज  कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् । 

महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले आज तोक लगाएका हुन् । यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए । उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका थिए ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका थिए । त्यसपछि आज प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले तलब लिनका लागि तोक लगाइदिएका हुन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार