आइतवार, कार्तिक ९ गते २०८३

महाकवि देवकोटाको घर भत्काउनुपर्नेबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनपर्नुका कारणसहित १५ दिन भित्रद लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

अधिवक्ता सञ्जय अधिकारीले दायर गरेको रिटमा बुधबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो।

अधिवक्ता अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट दिएका थिए। प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार