काठमाडौं । आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन शुक्रबार ३ हजार ९ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो । आज घटेर छापावाल सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैत्र २१ गते सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठसय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार आठसय रुपैयाँमा कारोबार भइरहेको छ ।