काठमाडौं । आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले कर्णाली बाहेक अन्य प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको हो। ती प्रदेशहरुमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश रहेका छन्।
महाशाखाकाअनुसार यी प्रदेशका एक–दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
त्यसैगरी, आज राति देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।