सोमवार, आश्विन २६ गते २०८३

तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा सिन्धुपाल्चोकका कुमार तामाङ पक्राउ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । राजावादी समूहले चैत्र १५ गते गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् । तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो । तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ ।

यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले २७ जनालाई मात्र पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार