काठमाडौं । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले गरेको ईओएस-०३ उपग्रह प्रक्षपण विफल भएको छ ।
इञ्जिनमा खराबी आएपछि उपग्रह प्रक्षेपण सफल नभएको र मिसन विफल भएको इसरोले जानकारी दिएको हो ।श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहान पौने ६ बजेतिर पृथ्वीमा निगरानी राख्न ईओएस-३ प्रक्षेपण गर्न थालेको थियो ।
तर इञ्जिन खराबीका कारण उपग्रहनै विष्फोट भएको समाचारमा जनाइएको छ । नियन्त्रण कक्षका वैज्ञानिकहरुले उपग्रह प्रथम दुई चरणमा सामान्य रहेको र तेस्रो चरणमा क्रायोजेनिक इञ्जिनमा खराबी आएको बताएका छन् ।