काठमाडौं । मनाङमा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिरोले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो ।बाढीपहिरोका कारण विद्युतको अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् ।
जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीका अनुसार ‘विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सहयोग लिइरहेको जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुश्किल रहेको भन्दै हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प नहुँदा विद्युत् नहुँदा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । तेल पनि सकिन लागेको भन्दै जेनेरेटरका लागि थप तेल ल्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको निरीक्षक अन्सारीले बताए ।
स्वास्थ्य, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन, पूर्वाधार विकास कार्यालय, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र चामे गाउँपालिकाको कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने भनिए पनि हालसम्म जडान गरिएको छैन । आइपुगेको सौर्य ऊर्जा जडानका लागि विज्ञ प्राविधिक नहुँदा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।