काठमाडौं । सरकारले अब जनघनत्व धेरै भएको क्षेत्रलाई प्राथामिकतामा राखेर कोरोनाविरुद्धको खोप अभियान सन्चालन गर्ने भएको छ । काठमाडौं र तराईका धेरै जनघनत्व भएको क्षेत्रमा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
संसदमा सार्वजनिक महत्व विषयमा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले विभिन्न खालका व्यवसाय धेरै हुने क्षेत्रमा समेत प्राथमिकताका साथ खोप लगाइने बताए । यस्तै हाल धेरै संक्रमण रहेको १५ वटा जिल्लालाई प्राथामिकता दिएर खोप लगाइने समेत बताए ।
३३ प्रतिशत जनतालाई खोप लगाउने सरकारको लक्ष्य हुँदा ५ करोड ५० लाख डोज खोप आवश्यक पर्ने समेत उनले बताए । उनले असार मसान्तसम्म ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।