बिहिवार, आश्विन १५ गते २०८३

हिमाचल प्रदेशको राजमार्गमा पहिरो खस्दा सवारीसाधन पुरिए, १३ जनाको मृत्यु

बिहिवार , श्रावण २८, २०७८


काठमाडौं । भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । धेरै मानिसहरू पुरिएका छन् । बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएको बीबीसीले जनाएको छ ।

सरकारी अधिकारीहरूलाई उद्धत गर्दै बीबीसीले ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको जनाएको छ । भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित भएका छन् ।

बुधवार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ । झन्डै ३० जना अझै पहिरोमा पुरिएको आशङ्का गरिएको जनाइएको छ । भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भएका छन् । 
 image.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार