आइतवार, कार्तिक ९ गते २०८३

अविरल वर्षाले धनगढीका सयौं घर डुबानमा

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । केलालीको धनगढीमा बिहीबार बिहान वर्षा हुँदा सयौँ घर डुबानमा परेका छन् । वर्षाका कारण धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्मको सडक जलमग्न भएको छ ।

सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ भने पसलभित्र समेत पानी पसेको छ ।
त्यस्तै निर्माणाधिन अवस्थामा रहेको चटकपुरबाट क्याम्पस रोडसम्मको सडक पनि जलमग्न भएको छ । नाली निर्माण भइरहेकाले सडकमा पानी निकास नहुँदा घर  र पसल डुबानमा पर्नुको साथै सडक समेत जलमग्न भएका छन् ।

सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । यस्तै वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको जनाइएको छ ।

dhangadhi_flood.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार