मंगलवार, आश्विन २० गते २०८३

४ घण्टापछि रिहा भएका लिङदेन भन्छन् : आन्दोलन जारी छ

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेको उनीसहितका नेताहरु करिब ४ घण्टापछि रिहा भएर सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘हाम्रो आजको आन्दोलन सफल भयो । आज सहयोग गर्नेलाई धन्यवाद’, उनले भने, ‘तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन । त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार