आइतवार, कार्तिक ९ गते २०८३

लुम्बिनीमा ७ सदस्यीय मन्त्रिपरिमण्डल 

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार नै ७ सदस्यिय मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।

चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन । मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार नै शपथ लिँदैछन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार