काठमाडौं । रुपन्देहीमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला पक्राउ परेका हुन् ।
स्थानीय एक ३० वर्षिय महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको रुपन्देहीका डीएसपी सत्यनारायण थापाले जानकारी दिए । महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।