आइतवार, कार्तिक ९ गते २०८३

राप्ती नदिले चार किलोमिटर बगाएकी महिलाको सकुशल उद्धार

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । राप्ती नदीमा दाउरा टिप्ने क्रममा बेपत्ता भएकी महिलालाई सकुशल उद्धार गरिएको छ । गढवा गाउँपालिका-३ की ४० वर्षीया टेकरानी चौधरीलाई बिहीबार साँझ सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोलीले सकुशल उद्धार गरिएको हो । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङका अनुसार दाउरा टिप्ने क्रममा राप्तीको भेलमा चौधरी साँझ करिब साढे ५ बजेतिर बेपत्ता भएकी थिइन् ।

चौधरीले दाउरालाई बलियो सँग समातेर भेलसँगै करिब चार किलोमिटर तल लमही नगरपालिका–४ बुटकौवास्थित राप्ती नदीको टापु पुगेकी थिइन् । उनको खोजी कार्यमा लागेको सशस्त्र र नेपाल प्रहरीको टोलीले डुङ्गाको प्रयोग गरी सकुशल उद्धार गरेको प्रजिअ कुरुम्बाङले जानकारी दिए । उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय दाङले अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढे पछि तटीय क्षेत्रमा उच्च सर्तकर्ता अपनाउन अनुरोध गरेको छ । नदी क्षेत्रबाट काठ दाउरा समात्न, निकाल्ने कार्य अति जोखिमपूर्ण भएकाले नदी किनार क्षेत्रमा नजानसमेत प्रशासनले अनुरोध गरेको छ ।

लगातार परेको वर्षाले राप्ती नदीको बगासोतीमा रहेको बाढी मापन केन्द्रमा बिहीबार दिउसो साढे ३ बजे सतर्कता तह पार गरी खतरा तह ६.२ को आसपासमा पुगेकाले त्यस आसपासमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार