आइतवार, श्रावण २४ गते २०८३

आन्दोलनमा उत्रिएका शिक्षकहरू २३औं दिन रक्तदान कार्यक्रममा सहभागी (तस्वीरसहित)

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । तीन हप्तादेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका शिक्षकहरू बिहीबार रक्तदान कार्यक्रममा सहभागी भएका छन् ।

blood donation (3).jpg

शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका हुन् । उनीहरुले आज बिहान बबरमहल-नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।

blood donation (2).jpg

रक्तदान कार्यक्रम नेपाल शिक्षक महासङ्घले आयोजना गरेको हो । जसको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा होमिएका हुन् । शिक्षा ऐन लिएरै फर्कने अडानसहित २३ दिनदेखि आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने र सडकमै नाचगान गर्ने गरेका छन् ।

blood donation (1).jpg

शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग गर्दै उनीहरु चैत्र २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन् ।

blood donation.jpg

उनीहरुको आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । गतचैत्रमा भएको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण सुरु नहुँदा नतिजा ढिलो प्रकाशित हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार