आइतवार, कार्तिक ९ गते २०८३

बालुवाटारमा आन्दोलन गर्न पुगेका शिक्षकहरु पक्राउ

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत शिक्षकहरु पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिने तयारी गरिरहेको बेला उनिहरु पक्राउ परेका हुन् । 

गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राखी नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।

शुक्रबार प्रधानमन्त्री निवासमा धर्ना कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो । आन्दोलित शिक्षकहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कमलपोखरीस्थित प्रहरी कार्यालयमा राखिएको महासचिव लक्ष्मी किशोर सुवेदी जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार