बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार ९ सय १५ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार