काठमाडौं । काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ ।
बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएको स्थानीयवासी तारा रावलले जानकारी दिए । हराइरहेकाहरुको खोजी जारी रहेको उनले बताए । जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका थिए ।