बिहिवार, आश्विन १५ गते २०८३

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । सोमबार पनि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य १ लाख ८४ हजार १ सय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार ९ सय १० कायम भएको चाँदीको मूल्य आज पनि तोलामा एक हजार ९ सय १० रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार