आइतवार, कार्तिक ९ गते २०८३

विमानस्थलमा आफन्तलाई विदाई गर्न जान प्रतिवन्ध

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाई गर्न जान प्रतिवन्ध लगाएको छ । नागरिक उड्डयन प्राधिकरणले कोभिड-१९ को जोखिम उच्च रहेकाले विमानस्थल परिसरमा आफन्तलाई विदाईका लागि जान रोक लगाइएको जनाएको छ ।

प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गरी विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्क र स्यानीटाइजरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ । यात्रुले टर्मिनलभित्र तापक्रम परीक्षण गरेर मात्र प्रवेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

tia 1.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार