काठमाडौं । बिहीबार पनि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ९ सय ६५ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।