आइतवार, आश्विन २५ गते २०८३
जसपा विवाद

जसपा विवादमा आयोगले भन्यो : नमिल्ने भए ऐनअनुसार दल दर्तासम्बन्धी दावी लिएर आउनुस् 

मंगलवार , आषाढ २२, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले ऐनअनुसार दल दर्ता सम्वन्धि दावी लिएर आउन भनेको छ ।

दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको हो । मंगलबार विहान निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । 

आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको समाचारमा जनाइएको छ । 

आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए । 

यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार