काठमाडौँ । नेपाली कांग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई नयाँ गभर्नरमा अगाडि सार्ने तयारी गरेको छ। डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने प्रयास पेचिलो बनेपछि काग्रेसले पौडेललाई नयाँ गनर्नरमा अगाडि सार्ने तयारी गरेको हो ।
शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले यदि भट्टलाई गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रधानमन्त्री ओलीसमक्ष प्रस्ताव गरेका हुन्।
पौडेल अहिले सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य छन्। अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सो समिति छोडेपछि मात्रै उनको विषयमा छलफल हुन सक्छ।