आइतवार, आश्विन २५ गते २०८३

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको घोषणा

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशनमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाएको जनाउँदै राजीनामाको घोषणा गरेको समाचारमा जनाइएको छ । 

सामूहिक राजीनामा घोषणा आमन्त्रित केन्द्रीय सदस्यहरु
१. नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४. मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६.अभिषेक प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८.जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार