काठमाडौं। अफ्गानिस्तान र पाकिस्तानको सीमामा झडप भएको छ।
बिहीबार अफगानिस्तानको एक महत्वपूर्ण सिमानामा पाकिस्तानी सीमामा फसेका सयौं अफगान र पाकिस्तानी सीमा सुरक्षा बलका अधिकारीहरुबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ।
स्थानीय सञ्चार माध्यामकाअनुसार अफ्गानिस्तानको सीमा पार गर्न पर्खिरहेका एक ५६ वर्षिय व्यक्तिको हृदयघातका कारण मृत्यु भएपछि बिहीबार चमन–स्पिन बोल्डर क्रसिङमा अशान्ती फैलिएको हो।
प्रदर्शनकारीले उनको शव नजिकैका पाकिस्तानी अधिकारीलाई लिएर सीमा खोल्ने माग गरेका थिए। समाचारमा जनाइए अनुसार त्यसपछि उनीहरुले ढुंगा मुडा गर्न थालेका थिए।
त्यसपछि सुरक्षाअधिकारीले अश्रु ग्याँस र लाठी चार्ज गरेको थियो। घटनामा कुनै मानविय क्षती भने नभएको जनाइएको छ। चमन–स्पिन बोल्डक पाकिस्तान बाट अफगानिस्तान को लागी दोस्रो व्यस्त गेटवे हो।
यो क्रसिंग पनि तालिवानले गत हप्ता कब्जा गरिसकेको छ।