बिहिवार, आश्विन १५ गते २०८३

हिजो सामान्य बढेको सुनको मूल्य आज एकैदिन ३५ सय रुपैयाँले घट्यो

बिहिवार , जेठ २, २०८२

काठमाडौं । हिजो बढेको सुनको मूल्य आज एकैदिन ३५ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला पाँचसय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आज घटेर छापावाल सुन तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ९ सय ६० कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार