काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सवारी साधन संचालनमा लगाइएको जोर–बिजोर प्रणाली हटाइएको छ ।
कोरोना महामारी यिनन्त्रणका लागी निषेधाज्ञा लगाइएको उपत्यकामा आजदेखी जोर–बिजोर प्रणाली हटाई सबै प्रकारका सवारी साधन संचालनमा आएका छन् ।
स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनसमेत आजबाट काठमाडौं उपत्यका भित्रने पाउने छन् ।
निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका सवारी साधनहरु चल्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड बढेको छ ।
काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने, चालक तथा सहचालकले भाइजर र पञ्जाको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।