काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ।
सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन्।
समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ। समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ।
गभर्नर बन्ने भन्दै यसअघि सिफारिस समितिमा रहेका डाक्टर विश्व पौडेलले राजीनामा दिएका छन्। सरकारले उनैलाई गभर्नर बनाउने तयारी गरेको छ। लामो समयसम्म गभर्नर नियुक्त गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।