बिहिवार, आश्विन १५ गते २०८३

हिजो ६ सय रुपैयाँले घटेको सुन आज ६ सयले बढ्यो

सोमवार , जेठ ६, २०८२

काठमाडौं । हिजो घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य १ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार