बिहिवार, आश्विन १५ गते २०८३

राष्ट्र बैंकको गभर्नर विश्व पौडेललाई बनाउने सहमति

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ । लामो रस्साकस्सीबीच आज बिहान उनीहरूबीच सहमति जुटेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार