काठमाडौं । हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । क्षतिको विवरण आइसकेको छैन । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्प गएपछि मानिसहरु घरबाहिर भागेका छन् । अहिले अवस्था कोलाहलपूर्ण रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो ।