बिहिवार, आश्विन १५ गते २०८३

राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

मंगलवार , जेठ ७, २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा। विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । उनी राष्ट्र बैंकको १८औं गभर्नर बनेका छन् ।

मंगलबारै अर्थ मन्त्रालयमा बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

यसअघि पौडेललाई गभर्नर बनाउने विषयमा सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेबीच सहमति जुटेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार