काठमाडौं । क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी ३ सय ४ जनाको मृत्यु भएको छ । घटनामा परी १ हजार ८ सयभन्दा बढी मानिस घाइते भएका छन्।
७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हाइटीमा ठूलो क्षति भएको हो। भूकम्पका कारण घर, होटेल र चर्चहरु भत्किएका छन्। भूकम्पको केन्द्रबिन्दु राजधानी, मध्य पोर्ट–अ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ।
प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ।