बिहिवार, आश्विन १५ गते २०८३

सुनको भाउ बढ्यो, तोलाको कति ?

बिहिवार , जेठ ९, २०८२

काठमाडौँ ।  नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १७ सयले बढेको हो ।

हिजो १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो १९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २०२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार