काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ११ सय घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय तोकेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २० घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।