बिहिवार, आश्विन १५ गते २०८३

कराँचीमा भयो एकै परिवारका ११ जनाको ज्यान जानेगरि ग्रेनेड हमला, आखिर कसले गर्यो?

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं। पकिस्तानको कराँची शहरको बाहिरी ईलाकामा भएको एक ग्रेनेड हमलामा ११ जनाको ज्यान गएको छ।

उक्त हमलामा परि कयौँ घाईते भएको अधिकारीले जनाएका छन्। एक मिनी टकमा भएको ग्रेनेड हमलामा परेर एकै परिवारका १२ जनाको ज्यान गएको बीबीसी हिन्दीले समाचार लेखेको छ।

जसमा ६ महिला र ४ बालबालिका रहेको समाचारमा जनाइएको छ। उक्त हमलामा परि ९ जना घाइते भएका छन्। बदलिया इलाकामा भएको यो घटनाको पहिला एक सिलिन्डर बिस्फोट भएको खबर प्राप्त भएको थियो।

तर पछि, कराची पुलिसको आतंकवाद विरोधी टोलीका एक अधिकारी रजा उमर खट्टाबकाअनुसार सिलिन्डर विस्फोटको सम्भावना नदेखिएपछि एउटा ग्रेनेड विस्फोटको प्रमाण भेटेका थिए।

खट्टाबकाअनुसार घटनास्थलमा एउटा बम भेटिएको थियो र आक्रमणमा प्रयोग गरिएका अन्य सामानहरु पनि भेटिएका थिए। प्रहरीका अनुसार विष्फोट स्थानीय स्तरमा बनेको बमबाट भएको हो।

त्यसका प्रमाणकारुपमा टकमा थुप्रै नट, बोल्ट भेटिएका छन्। घटनास्थलको भ्रमण गरेपछि खट्टाबले यो आतंकवादी हमला भएको र एउटा चलिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा ग्रेनेड प्रहार भएको जानकारी दिनुभयो।

यसभन्दा पहिले, नायब महानिरीक्षकले प्रारम्भिक जानकारी अनुसार विस्फोटको समयमा ट्रकमा २० देखि २५ जना सवार रहेको जानकारी गराएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार