बिहिवार, आश्विन १५ गते २०८३

आगामी वर्ष ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

बिहिवार , जेठ १६, २०८२

काठमाडौँ । आगामी आर्थिक वर्षमा सरकारले ५ लाख नागरिकलाई जग्गाधनी पुर्जा प्रदान गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमि सम्बन्धी कानूनमा संशोधन गरी ५ लाख परिवारलाई लालपुर्जा वितरण गर्ने जानकारी दिए ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको बताए । अर्थमन्त्री पौडेलले निरपेक्ष गरीबी हटाउने घोषणा पनि गरेका छन् ।

गरीबी हटाउनका लागि प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार