काठमाडौं । यार्सा व्यापारीबाट यार्सा लुट्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोहलाई प्रहरीले पक्रन सफल भएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यार्सा खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको छ । पक्राउ पर्नेमा बझाङका धर्म ओखेडासहित अन्य ७ जना रहेका छन् ।