बिहिवार, आश्विन १५ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार , जेठ १९, २०८२

काठमाडौं । आइतबार पनि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ८८ हजार पाँचसय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ९ सय ८० कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार